काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १० पसललाई कारबाही गरेको छ । बिहीबार अनुगमनका क्रममा ती पसलहरूलाई कारबाही गरेको हो ।
विभागले केहीलाई सामान्य निर्देशन दिएको छ भने बाँकीलाई ५ हजारदेखि ५० हजारसम्म जरिवाना तिराएको छ ।
गते बिहीबारका दिन उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ बमोजिम आवश्यक निर्देशन र कारवाही गरिएको विभागले जनाएको छ ।