काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले २ लाख १ हजार ८६७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । यस अघि असार १७ गते कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको थियो ।
सो अवधिसम्म विद्यमान संस्थापक शेयरधनीहरूले नकिनेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय तीनकुने, काठमडौंमा पेश गर्नुपर्नेछ ।