काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबच्चा लक्षित नयाँ बीमालेख सुरक्षित बाल भविष्य योजना सार्वजनिक गरेको छ । यस बीमालेख अन्तर्गत १ महीनादेखि १७ वर्ष उमेरसम्मका बालबालिकाको जीवन बीमा गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो बीमालेखले बालबालिकाको शिक्षाको सुनिश्चितताका साथै उच्च शिक्षा, विवाह÷ब्रतबन्ध जस्ता सामाजिक कार्य वा पेशा ब्यवसाय शुरु गर्नका आर्थिक स्रोत प्रदान गरी उज्वल भविष्य निर्माणमा सहयोग गर्ने कम्पनीको विश्वास रहेको छ । यस योजना अन्तर्गत न्युनतम ८ वर्ष देखि अधिकतम २५ वर्ष अवधिसम्मको बीमा गर्न सकिने र न्युूनतम बीमांक रकम .२५,००० रुपैयाँदेखि अधिकतम बीमांक रकम ५,००,००० रुपैयाँसम्म लिन सकिनेछ ।