झिनो अंकले नेप्सेमा सुधार - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

झिनो अंकले नेप्सेमा सुधार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
Sunrise bank
झिनो अंकले नेप्सेमा सुधार
LBEF
NCH-IPS

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से ०.७९ अंकले बढेर ११३५.९५ बिन्दुमा पुगेको छ । 
कुल १६३ वटा कम्पनीको ८ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर २२ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज कारोबार रकम अघिल्लो दिनभन्दा कम हो । आज कारोबारमा आएका समूहमध्ये होटल, विकास बैंक, अन्य र लघुवित्त समूहबाहेक बाँकी सबै समूह बढेका छन् । आज एनएमबी बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ४ करोड २९ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । ३५ प्रतिशत लाभांश घोषणा गरेपछि यस बैंकको शेयरप्रति लगानीकर्ता आकर्षित भएका छन् । एनएमबि बैंकको कारोबार उच्च हुँदै आएको छ ।  
अघिल्लो दिनजस्तै बिहीबार पनि साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज करिब १० प्रतिशतले बढेको छ । आज ग्लोबल आइएमई स्किम–१ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यसको शेयर मूल्य साढे पाँच प्रतिशतले घटेको छ । समग्र परिसूचकमा सामान्य सुधार भए पनि सेन्सेटिभ्स् इन्डेक्स ०.११ अंकले घटेको छ । 
 

प्रतिक्रिया दिनुहोस