शीर्षकहरू

सीजी मोटर्सद्वारा एकै पटक २५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण

सीजी मोटर्सद्वारा एकै पटक २५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण

काठमाडौं  । चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्सले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको छ ।  काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रालिलाई एकै पटकमा २५ वटा किङ्गलङ्ग १४ सिटर इलेक्ट्रिक माइक्रो भ्यान हस्तान्तरण गरेको हो।

यातायात व्यवसायीहरुको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता, अर्जुन नरसिंह केसी, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार तथा अन्य यातायात व्यवसायीका प्रतिनिधि र यातायात सँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति पनि रहेको थियो।

सीजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डे भने, ‘यति धेरै गाडी एकैपटकमा हस्तान्तरण गर्न पाउँदा हामी सम्पूर्ण सी।जी। मोटर्स परिवार अत्यन्तै हर्षित र गर्भान्वीत भएका छौँ। सुपर माउण्ट एभरेष्ट यातायात व्यवसायी प्रालिलाई गाडी हस्तान्तरण गर्दै गर्दा, वहाँहरुले वातावरण संरक्षण तर्फ लिनुभएको सो कदमलाई हामी हृदयबाटै धन्यवाद दिन चाहन्छौं।’ 

 बजारमा प्रचलित डिजेल भ्यानहरुसँग तुलनामा इलेक्ट्रिक माइक्रो भ्यानहरुले खर्चहरु कटौती गरी धेरै भन्दा धेरै बचत गर्ने उनले बताए ।  प्रति किलोमिटरको अपरेटिङ्ग कष्टको हिसाब गर्ने नै हो भने २ रुपैयाँभन्दा पनि कम हुन आउने गरेको उनको भनाइ छ ।  

किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५०.२३ kWh को ब्याट्री पाउन सकिन्छ। यसका साथै उक्त गाडीमा एबिएस, इबिडि, १८० एमएम ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टाएर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसि जस्ता विशेषताहरु रहेको कम्पनीले दावी गरेको छ भने उक्त गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ४५ मिनेट लाग्ने कम्पनीले जनाएको छ।

 ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । नेपालभर १८५ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको कम्पनीले जनाउको छ ।