काठमाडौं । कृषि विकास बैंकले १७६ प्रतिशतले नाफा बढाएको छ । बैंकको खुद ब्याज आम्दानी बढ्दा नाफामा बढाउन सफल भएको देखिन्छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ८ अर्ब १९ करोड रहेकोमा गत आर्थिक वर्षमा १० अर्ब १२ करोड रुपैयाँ छ । लोन लस प्रोभिजन १ अर्ब २३ करोड रुपैयाँ छुट्याएको छ ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड रुपैयाँ छ भने प्रतिसेयर नाफा १७ रुपैयाँ ३७ पैसा रहेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २ खर्ब ४३ अर्ब ५९ करोड संकलन गरेको छ भने कर्जा प्रवाह पनि १३ दशमलब ५ प्रतिशतले बढाएर २ खर्ब ५ अर्ब ५ करोड पुर्याएको छ।
त्यस्तै तरलता अनुपात ३५.३७ गुणा रहेको छ । त्यस्तै यस अवधिमा बैंकको खराब कर्जा अनुपात २.७८ प्रतिशतले बढेर ३.४४ प्रतिशत पुगेको छ भने बैंकको आधार दर १०.०६ प्रतिशतबाट घटेर ८.०९ प्रतिशत पुगेको छ।