काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८०/८१ मा कुल सञ्चालन आम्दानी ३.५७ प्रतिशतले बढेर ७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ६५ करोड रुपैयाँ मात्रै थियो ।तर नाफामा भने बैंकको ८.७३ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा असारसम्म २ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, यस वर्ष बैंकको सञ्चालन नाफा भने घटेको छ । अघिल्लो आवमा ३ अर्ब ७७ करोड रुपैयाँ रहेकोमा यस गत वर्ष यस्तो आम्दानी ३ अर्ब ४४ करोड रुपैयाँ गरेको छ । यो अघिल्लो आवको तुलनामा ८.७३ प्रतिशतले कम हो ।