शीर्षकहरू

मुक्तिनाथ विकास बैंकले १ अर्ब २७ करोड कमायो

मुक्तिनाथ विकास बैंकले १ अर्ब २७ करोड कमायो

काठमाडौं । मुक्तिनाथ विकास बैंकको आर्थिक वर्ष २०८०/८१ को खुद नाफा  १ अर्ब २७ करोड रुपैयाँ भएको छ । बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी १.९२ प्रतिशत, कुल सञ्चालन आम्दानी ०.८७ प्रतिशत र सञ्चालन मुनाफा १.५० प्रतिशत  बढेको छ ।  बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर २.२६ प्रतिशत पुगेको छ।

बैंकको इम्पेरमेन्ट चार्ज सामान्य बढेर ६४ करोड ८५ लाख रुपैयाँ पुगेको छ। चुक्तापुँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ छ बैंकको निक्षेप ५.७५ प्रतिशत र कर्जा २.७१ प्रतिशत घटेको छ।