काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा ३२.७९ प्रतिशतले बढेको विवरण आज सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको २ अर्ब २८ करोड रुपैयाँ थियो।
बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ९४.६६ प्रतिशत, कुल सञ्चालन आम्दानी ९०.५० प्रतिशत र सञ्चालन मुनाफा ३५.९९ प्रतिशत बढेको छ।
२३ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ११।०३ प्रतिशत बढेको छ भने कर्जा १।०१ प्रतिशत मात्र बढेको छ। बैंकको खराब कर्जा भने १.८१ प्रतिशतले बढेर ४.७२ प्रतिशत पुगेको छ । यस्तो कर्जा अधिल्लो आर्थिक वर्षमा २.९१ प्रतिशत रहेको थियो ।