काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ३१ पैसा पुगेको छ । आइतबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ३१ पैसा रहेको थियो ।
युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ८६ पैसा र बिक्रीमा १४६ रूपैयाँ ५२ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७० रुपैयाँ ४६ पैसा रहेको छ भने विक्रीदर १७१ रुपैयाँ १४ पैसा रहेको छ ।
त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८४ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीमा ९ रूपैयाँ १७ पैसा रहेको छ । त्यस्तै, आइतबार जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रूपैयाँ ०२ पैसा रहेको रहेको थियो ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ४० पैसा र बिक्रीदर ३६ रूपैयाँ ५७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २९ रूपैयाँ ७३ पैसा र बिक्रीदर २९ रूपैयाँ ८६ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३७ रूपैयाँ ८९ पैसा र बिक्रीदर ४३९ रूपैयाँ ८६ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ २६ पैसा तोकिएको छ ।