शीर्षकहरू

विद्युत् प्राधिकरणको सञ्चालकमा कार्की र गुरुङ नियुक्त

विद्युत् प्राधिकरणको सञ्चालकमा कार्की र गुरुङ नियुक्त

काठमाडौं । भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाएपछि रिक्त नेपाल विद्युत् प्राधिकरणका दुई पदमा सरकारले देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै रिक्त सञ्चालक समितिमा उनीहरूलाई नियुक्त गरेको हो । कार्की पूर्व ऊर्जासचिव र गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक तथा पञ्चेश्वर विकास प्राधिकरणका पूर्वसीईओ हुन् ।

ऊर्जाले गत साउन १८ गते निर्णय गर्दै आज उद्योगीलाई डेडिकेटेड-ट्रंकलाइनबापत प्रदान गरिएको बिजुलीको महशुल उठाउनुपर्छ भनी नोट अफ डिसेन्ट राख्ने पुन र आचार्यलाई हटाएको थियो । महशुल नउठाइ लाइन नजोड्ने अडान प्राधिकरणले लिए पनि प्रधानमन्त्री केपी शर्मा ओ‌लीको प्रत्यक्ष चासो र आदेशपछि पनि उनीहरूले बोर्ड बैठकमा नोट अफ डिसेन्ट राखेका थिए ।