सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । एमालेको समर्थनमा दाबी पेश गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार राजीनामा दिएपछि प्रदेश प्रमुख मियाले संविधानको धारा १६८ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकारका लागि आह्वान गरेका थिए।
शाह यसअघि २०७९ माघ २६ गते प्रदेशसभामा सबैभन्दा ठलो दलको नेताको हैसियतले सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए । गएको फागुन २१ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको साथ छाडेर एमालेसँग गठबन्धन गरेसँगै उनको पद संकटमा परेको थियो । त्यसपछि चैत २२ गते उनले राजीनामा बुझाएका थिए ।