व्यवसायी रूप ज्योतिको मुद्दा मिलापत्र मार्फत् किनारा लाग्दै - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

व्यवसायी रूप ज्योतिको मुद्दा मिलापत्र मार्फत् किनारा लाग्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
Sunrise bank
व्यवसायी रूप ज्योतिको मुद्दा मिलापत्र मार्फत् किनारा लाग्दै
LBEF
NCH-IPS

काठमाडौं । ल्याडमार्क हाउजिङ्गको नाममा ठगी गरेको आरोपमा थुनामा रहेका व्यवसायी रूप ज्योतिको मुद्दा मिलापत्र मार्फत् किनारा लाग्ने निश्चित भएको छ। उजुरीकर्ता विज्ञेन्द्रकृष्ण मल्ललाई दिनुपर्ने रकम लिएर जाहेरी फिर्ता लिनका लागि छलफलबाट सहमत गराएपछि मिलापत्रतर्फ अघि बढेको हो।

ज्योती परिवारविरुद्ध उनले हालेको जाहेरी फिर्ता लिने र हाललाई मुद्दा नचल्ने राय सरकारी वकिलको कार्यालय काठमाडौं पुगिसकेको छ। मल्ललाई जग्गा बैना वापतको रकम फिर्ता दिने र उनले पनि आफूले पाउनुपर्ने रकम लिएर जाहेरी अघि नबढाउने राय प्रहरी कार्यालयमा दिएपछि सरकारी वकिलको कार्यालयमा मुद्दा मिलापत्रबाट टुङ्गिएकाे सहमतीपत्रकाे राय पुगेको छ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालले जाहेरीकर्ताले नै ठगी बापतको रकम पाउने भएकाले चित्त बुझाएको राय आएकाले अब मुद्दा चल्न नसक्नेतर्फ अघि बढेको बताए। 'हामीकहाँ मुद्दा नचल्ने रायसहितको प्रहरी प्रतिवेदन आएको छ', उनले भने 'उक्त राय हेरेर थप अनुसन्धान गरी अदालतमा पठाउने तयारी गरेका छौं।'

रूप ज्योति हाल जिल्ला अदालतको अनुमतिले थुनामा छन्। ज्योतिसँगै उनकी छोरी सुरुची पनि जिल्ला अदालतको अनुमतिले थुनामा रहेकी छन्। जिल्ला अदाललते पहिलो पटक तीन र दोस्रो पटक पाँच दिन मुद्दाको अनुसन्धानका लागि समय दिएको थियो।

अदालतले दिएको समय सीमा शुक्रबार सकिँदै छ। ज्योति परिवारले अर्को पटक म्याद थपका लागि लैजानु अघि नै उनीहरू विरुद्ध रहेको जाहेरीमा मुद्दा नचल्ने निर्णय गराउने प्रयास भएकाे हाे।

महानगरीय प्रहरी परिसरको टोलीले रूप ज्योती बाबुछोरीलाई बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो। तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए।

 

प्रतिक्रिया दिनुहोस