मन्जुश्री फाइनान्सको नाफा ५.२७ प्रतिशतले वृद्धि - Aarthiknews
aarthiknews.com सोमबार, ३० मंसिर २०७६   Monday, 16 December, 2019
 
Bajaj_Bike

मन्जुश्री फाइनान्सको नाफा ५.२७ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
Sunrise bank
मन्जुश्री फाइनान्सको नाफा ५.२७ प्रतिशतले वृद्धि
LBEF
NCH-IPS

काठमाडौं । मन्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा ५.२७ प्रतिशतले नाफा वृद्धि गरेको छ । फाइनान्सले यस अबधिमा २ करोड ७५ लाख ९३ हजार खुद मुनाफा आर्जन गरेको हो  । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ करोड ६२ लाख ११ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा फाइनान्सकोे वितरणयोग्य मुनाफा भने ५८ लाख २० हजार मात्रै रहेको छ ।

८० करोड ४० लाख ६० हजार चुक्ता पुँजी रहेको फाइनान्सले जगेडा कोषमा १८ करोड २२ लाख ११ हजार राखेको छ ।  प्रथम त्रैमासमा फाइनान्सले १२ करोड ९८ लाख ८३ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ८७.७६ प्रतिशतले बढी हो । फइनान्सले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ६ करोड ९१ लाख ७६ हजार हजार खुद ब्याज आम्दानी गरेको थियो ।

फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ११।३१ प्रतिशतले वृद्धि गर्दै ५ अर्ब २८ करोड ५५ लाख ५ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ४ अर्ब ७४ करोड ८३ लाख २१ हजार निक्षेप संकलन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ५.३७ प्रतिशतले वृद्धि गर्दै ५ अर्ब ४४ करोड १ लाख ८८ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ५ अर्ब १६ करोड ३१ लाख ६१ हजार कर्जा लगानी गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस