एनएमबी बैंकको ‘पूर्व स्वीकृत आवास कर्जा’ सुविधा - Aarthiknews
aarthiknews.com सोमबार, ३० मंसिर २०७६   Monday, 16 December, 2019
 
Bajaj_Bike

एनएमबी बैंकको ‘पूर्व स्वीकृत आवास कर्जा’ सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
Sunrise bank
एनएमबी बैंकको ‘पूर्व स्वीकृत आवास कर्जा’ सुविधा
LBEF
NCH-IPS

काठमाडौं । एनएमबी बैंकले ‘एनएमबी पूर्व–स्वीकृति आवास कर्जा’ (एनएमबी प्रि–अप्रुभ्ड होम लोन) सुविधा शुरु गरेको छ । अब आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकले आफूले किन्न लागेको सम्पत्ति छान्नुपूर्व नै आफ्नोे ऋणको सीमा स्वीकृति प्राप्त गर्नसक्ने छन् । आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भुक्तानी क्षमतामा आधारित हुनेछ, जुन खरिद गर्न लागिएको धितोको पूर्वमूल्यांकन नगरिकनै काम हुनेछ ।

‘यो कर्जा सुविधाले ग्राहकको कर्जा प्राप्त गर्न योग्य हुँदाहुँदै पनि कर्जा सीमा सम्बन्धमा अनुभव गर्दै आउनु भएको अन्योल मेटाउने छ तथा उहाँहरूको आयको आधारमा घरघडेरी अधिकतम् उपयुक्त विकल्प प्राप्त गर्नका लागि सहजीकरण गर्नेछ । यो नवीतम सुविधाले सम्पत्ति खरिद गर्दा सही सूचनायुक्त निर्णय लिन मद्दत गर्नेमा हामी विश्वस्त छौं,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस