काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणले सार्वजनिक गरेको छ ।
बिहीबार सार्वजनिक कम्पनीको सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नोक्सानी अघिल्लो वर्षको तुलनामा बढेको देखिन्छ । अघिल्लो वर्ष असार मसान्तसम्म ३ करोड ८२ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी गत वर्ष भने ३ करोड ९१ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा गएको हो ।
गत वर्ष कम्पनीको कुल आम्दानी घटेकाले खुद नोक्सानी बढ्न पुगेको हो । अघिल्लो वर्ष ८ करोड ६१ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत वर्ष भने ८ करोड १३ लाख रूपैयाँभन्दा बढी मात्र कुल आम्दानी गरेको हो । विद्युत विक्री आम्दानी अघिल्लो वर्ष ८ करोड ६० लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको गत वर्ष ८ करोड ८ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । वित्तीय खर्च भने गत वर्ष कम भएको छ । अघिल्लो वर्ष ७ करोड ६९ लाख रूपैयाँभन्दा बढी भएको वित्तीय खर्च गत वर्ष ६ करोड ८८ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो ।
हाल यस कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख रूपैयाँभन्दा बढी मात्र रहेको छ । जगेडा कोष रकम २९ करोड ७८ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको अल्पकालिन कर्जा रकम ५ करोड ४४ लाख रूपैयाँभन्दा बढी र दिर्घकालिन कर्जा रकम ५६ करोड ४१ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत चौथो त्रैमाससम्म १४ रूपैयाँ ८२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७ रूपैयाँ ८२ पैसा छ ।