शीर्षकहरू

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य  नियुक्त

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य  नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.को संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम उमेश कुमार आचार्यलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।

 करिव २० वर्ष भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा बिताउनु भएका वहाँले तत्कालीन कामना विकास बैंक सहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । उनी पोखरा विश्वविद्यालयबाट विजनेस एडमिस्ट्रिसन विषयमा स्नातकोत्तर गरेका छन् ।