शीर्षकहरू

१८ देशमा राजदूत सिफारिस, को कुन देशमा ? [सूचीसहित]

१८ देशमा राजदूत सिफारिस, को कुन देशमा ? [सूचीसहित]

काठमाडौं । सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको हो ।

यसभन्दा अघिल्लो सरकारले फिर्ता बोलाएका भारतका लागि नेपाली राजदूतमा डा शंकर शर्मालाई निरन्तरता दिँदै सरकाले बाँकी अन्य देशमा राजदूत सिफारिस गरेको हो । यस्तै चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने गरी फिर्ता बोलाएको छ ।

सिफारिस भएका राजदूतहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

को कुन देशमा सिफारिस ?

डा. शंकरप्रसाद शर्मा – भारत
कान्ता रिजाल –अष्ट्रेलिया
नरेशबिक्रम ढकाल –साउदी अरेबिया
प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
धनप्रसाद पण्डित – इजरायल
रामकृष्ण भट्टराई – श्रीलंका
सनिल नेपाल – स्पेन
डा. शैल रुपाखेती – जर्मनी
लोकदर्शन रेग्मी – अमेरिका
चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
जंगबहादुर चौहान – रुस
रमेशचन्द्र पौडेल – कतार
प्रा. डा. कृष्णप्रसाद ओली – चीन
सुम्निमा तुलाधर – डेनमार्क
नेत्रप्रसाद तिमल्सिना – मलेसिया
प्रकाशमणि पोखरेल – पोर्चुगल
रीता धिताल – पाकिस्तान