शीर्षकहरू

नीतिगत सुधारसहित पर्यटनलाई चलायमान बनाउने मन्त्री पाण्डेको प्रतिबद्धता

नीतिगत सुधारसहित पर्यटनलाई चलायमान बनाउने मन्त्री पाण्डेको प्रतिबद्धता

काठमाडौं । नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको बताएका छन् । नेपाल पर्यटन बोर्डले गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको बताउँदै बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै पर्यटनलाई चलायमान बनाउन निर्देशन दिएका हुन् । 

पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै उनले पर्यटनका लागि प्रकृतिले दिएको अद्वितीय सम्भावनाको सदुपयोग गर्दै नेपालको आर्थिक समृद्धिमा पर्यटनको योगदानलाई बढाउनु पर्नेमा जोड दिए । पर्यटन विकासका लागि सरकारको एकल प्रयास पर्याप्त नभएकोले नै सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरूप बोर्ड गठन गरिएको उल्लेख पर्यटनलाई थप चलायमान बनाउन अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति आवश्यक भएको बताए । 

“बोर्डसँग नीतिगत , कार्यगत तथा, प्रवृत्तिगत सुधार एवं कर्मचारीको वृत्ति विकास लगायत थुप्रै विषय जोडिएका छन् । यसलाई समाधान गर्दै लैजानु पर्छ । समस्याका बिचमा पनि हामीसँग पर्यटनमा धेरै सम्भावनाहरू छन् त्यसलाई उजागर गर्न सक्नु पर्छ । व्यक्ति भन्दा पनि देशका लागि हामीले के गर्‍यौँ भन्ने भावनाले काम गर्न सकेमा पर्यटनबाट हामीले धेरै लाभ लिन सक्छौँ”, उनले भने ।