काठमाडौं । नेपाल ल्याब हाउसले छाती तथा मुटुरोग केन्द्र ‘कार्डियो– पल्मोनरी सेन्टर’ सञ्चालनमा ल्याएको छ । ‘ए ग्रेड’को विशिष्ठकृत प्रयोगशाला सञ्चालन गर्दै आइरहेको नेपाल ल्याब हाउस प्रालिले उक्त सेवा विस्तार गरेको हो ।
यो सेवा सोमबारबाट औपचारिक उद्घाटन गरि सुरु गरिएको हो । वरिष्ठ छाती रोग विशेषज्ञ प्रा. डा. सुबोध सागर ढकाल, वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कमल शर्मा लम्साल र नेपाल ल्याब हाउस प्रहेलिका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा. डा. विदुर प्रसाद वस्तीले संयुक्त रूपमा यस सेवाको उद्घाटन गरेका हुन् ।
यस्तो केन्द्र नेपालमै पहिलो अभ्यास रहेको समेत उनले जानकारी दिएका छन् । मुटु तथा फोक्सोको समस्याको बिरामीहरू दिन प्रतिदिन बढी रहेका प्रा. डा. सुबोध सागर ढकालले बताए । मुटु तथा फोक्सो एवम् छाती सम्बन्धी एकीकृत सेवा हुँदा रोग पहिचान तथा उपचार प्रक्रिया सहज उनको भनाई छ ।
प्रा.डा. ढकालका अनुसार यस सेन्टर स्थापना संगै बिरामीहरूले सर्वसुलभ तरिकाबाट मुटुको र छातीसँग सम्बन्धित रोगहरूको एकीकृत परामर्श सेवा पाउने भएका छन् । साथै निन्द्राको बेलामा बढी घुर्ने तथा अन्य समस्याहरूको लागी थेरापीको पनि व्यवस्था गरिएको छ ।
हप्ताको ६ दिननै नियमित सेवा दिने उद्देश्यले स्थापना गरिएको नेपाल ल्याब हाउसका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा. विदुर प्रसाद वस्तीले जानकारी दिए । आवश्यकता अनुसार थप सेवा विस्तार गर्दै जाने योजना रहेको उनले बताए ।