शीर्षकहरू

नेपाल लाइफ इन्स्योरेन्सको लिडरशिप एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको लिडरशिप एक्सिलेन्स अवार्ड सम्पन्न

काठमाडौं। जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरशीप एक्सिलेन्स अवार्ड सम्पन्न भएको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १ ३गतेसम्म चलेको कार्यक्रम “हरेक वर्षः फ्लाई हाई,एमहायर” नाराका साथ सम्पन्न भएको हो।

उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्दै संचालक समितिका अध्यक्ष गोबिन्दलाल संघईले आ.व २०८०/८१ मा गरेको आउटस्ट्यान्डिङ पफर्मेन्सका लागि व्यक्तिगत र संचालक समितिको तर्फबाट सम्पूर्ण अभिकर्ता र कर्मचारीहरुलाई बधाई तथा धन्यवाद प्रकट गरेका थिए ।

समग्र क्षेत्रमा प्रतिकूल आर्थिक परिदृष्य विद्यमान रहँदा रहँदै पनि आफ्नो अथक मेहनत, टिम वर्क, लगनशिलता र सकारात्मक प्रयासबाट आर्थिक वर्ष २०८०/८१ मा नेपालको सबैभन्दा ठुलो र सर्वाधिक विश्वासिलो कम्पनीको ताजलाई निरन्तर रुपमा कायम राख्न र आफ्नो मार्केट शेयरलाई थपवृद्धि गर्न सफल भएको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले गत आवमा गरेको उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरे। आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको कुरा बताए । लगानीको सुनिश्चितता, लगानीको प्रतिफलको सुनिश्चितता र लगानीको स्वच्छतालाई मध्यनजर गर्दै कम्पनी लगानी विविधिकरणतर्फ अग्रसर रहेको बताए ।

कम्पनीसँग जोडिएर बीमाको पहुँचलाई गाउँघरमा पुर्‍याउन अहोरात्र खट्ने बीमा अभिकर्ताहरूको जीवनस्तरमा वृद्धि भएको र अबको समय भनेको पुस्तान्तरणको रहेको कुरा समेत बताए। आफूमा भएको सीप,अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सके बीमाको पहुँच अभिवृद्धि हुने बताए। अहिलेको वर्तमान अवस्थामा नयाँ जोश,नयाँ जाँगर र प्रवृधिसँगको सामिप्यताले नयाँ पुस्तालाई बीमाको बजारीकरण गर्न झन् सहज हुने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरुलाई गत आवको कार्य सम्पादनको लागि धन्यवाद र चालु आवको व्यापार लक्ष्य पूरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरे । गत आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८१/८२मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ताहरु रहेको र उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको बताए। 

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगतकोड तर्फबाट उत्कृष्ट १४१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । साथै ३० जनालाई सम्राट पदक, २२जनालाई रत्नपदक र १३७ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थिया ।

त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमश : प्रथम, द्वितिय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोडतर्फ बाट क्रमशः प्रथम, द्वतिय र तृतीय हुने खुशी भट्ट, भीमा पन्थी र अर्बिन राजवंशीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।