शीर्षकहरू

आत्मनिर्भर लघुवित्त एक करोड ३९ लाखभन्दा बढी खुद नाफामा

आत्मनिर्भर लघुवित्त एक करोड ३९ लाखभन्दा बढी खुद नाफामा

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार चौथो त्रैमाससम्म कम्पनीले १ करोड ३९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको देखिएको छ । 

अघिल्लो आर्थिक वर्षका चौथो त्रैमाससम्मको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा ७१ प्रतिशतभन्दा बढीले घटेको हो । अघिल्लो वर्ष यो अवधिसम्म कम्पनीले ४ करोड ३३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको सम्भावित जोखिम शिर्षकमा छुट्याउनुपर्ने रकम बढेकाले सञ्चालन नोक्सानी व्यहोर्नु परेको छ । अघिल्लो वर्ष सम्भावित जोखिम शिर्षकमा ५ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीले गत वर्ष १७ करोड ६४ लाख रूपैयाँभन्दा बढी यो शिर्षकमा रकम छुट्याएको हो । जसका कारण अघिल्लो वर्ष ३ कराड ३८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफामा रहेको कम्पनी गत वर्ष ८ करोड ६१ लाख रूपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको हो ।

कम्पनी नाफामा हुनुको पछाडी भने खराब कर्जा संकलनले साथ दिएको छ । अघिल्लो वर्ष ४ करोड ३३ लाख रूपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले गत वर्ष १० करोड ८३ लाख रूपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको हो ।

१० प्रतिशत बोनस शेयरमार्फत पूँजी बढाएर ६ करोड ८५ लाख ७१ हजार रूपैयाँ कायम गरेको कम्पनीको जगेडा कोष रकम १९ करोड ८७ लाख रूपैयाँभन्दा बढी छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अघिल्लो वर्षभन्दा करिब ६६प्रतिशत बढी १४ करोड ८१ लाख ८१ हजार कर्जा प्रवाह गरेको कम्पनीले करिब ५ प्रतिशत बढी ८६ करोड १५ लाख २ हजार निक्षेप संकलन गरेको छ ।

कर्जा प्रवाह भने १३ दशमलव ३० प्रतिशत बढी १ अर्ब ४७ करोड ८६ लाख रूपैयाँभन्दा बढी भएको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष ७ दशमलव ५८ प्रतिशत रहेकोमा गत वर्ष बढेर १३ दशमलव २२ प्रतिशत पुगेको छ ।