शीर्षकहरू

सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिइकाई खुद मूल्य असारमा बढ्यो

सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिइकाई खुद मूल्य असारमा बढ्यो

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ को प्रति इकाई खुद मूल्य जेठको तुलनामा असारमा बढेको छ । योजनाले सार्वजनिक गरेको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार जेठ मसान्तसम्म ९ रूपैयाँ ९० पैसा रहेको प्रति इकाई खुद मूल्य असार मसान्तसम्म १० रूपैयाँ ६८ पैसा कायम भएको छ ।

सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ५ करोड ६० लाख इकाई जारी गरेको थियो । असार मसान्तसम्म योजनाको खुद सम्पत्ति ५९ करोड ८१ लाख रूपैयाँभन्दा बढी रहेको छ । असार मसान्तसम्म योजनाको नाफा ३ करोड ८१ लाख रूपैयाँभन्दा बढी भएको छ । जेठ मसान्तसम्म योजना ५५ लाख ७१ हजार रूपैयाँभन्दा बडी नोक्सानीमा रहेको थियो । 

धितोपत्रमा गरेको लगानीको परलमूल्य असार मसान्तसम्म ५८ करोड ३९ लाख ८५ हजार रूपैयाँभन्दा बढी रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने ५५ करोड ३२ लाख रूपैयाँभन्दा बढी मात्र कायम छ ।