शीर्षकहरू

लिवर्टी माइक्रोलाइफले बोलायो विशेष साधारण सभा

लिवर्टी माइक्रोलाइफले बोलायो विशेष साधारण सभा

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि साउन ३१ गते विशेष साधारण सभा बोलाएको हो ।

साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय पोखरामा दिउँसो १२ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्कासन गर्ने कार्यलाई स्वीकृति दिने र त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । 

हाल यस कम्पनीको चुक्तापूँजी ५२ करोड रूपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी गर्न लागेको हो ।