काठमाडौं । राष्ट्रिय सहकारी बैंक अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेती तथाआइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ९ जान विरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आज दायर गरेको मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरेको थियो ।
उनीहरु विरुद्ध पीडितले गरेको उजुरीपछि सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार मुद्दा दायर गरेको हो । १५ करोड ७७ लाख २० हजार ४० रुपैयाँ ठगी भएको अभियोगपत्रमा उल्लेख गरिएको छ।
उप्रेती अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, तत्कालीन कोषाध्यक्ष मुकुन्द्रप्रसाद पाण्डे र सदस्य बद्री महतलाई प्रतिवादी बनाएको छ । त्यस्तै, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सञ्चालकहरू अरुण भण्डारी र विष्णुबहादुर रिमाल, लेखा समिति संयोजक राजु पौडेल तथा सोही संस्थाका कर्मचारी विश्वम्भर रिमाललाई पनि प्रतिवादी छन ।
आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य भएका प्रकाशमान शाही खड्गी पनि अभियोगपत्रमा प्रतिवादी बनाइएको छ ।
अध्यक्ष उप्रेतीले मर्जका ल्याएका आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, तपाँई हाम्रो बहुउद्देश्यीय सहकारी र घेदुङ बहुउद्देश्यीय सहकारीलाई एक बनाएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी बनेको थियो ।
अध्यक्ष उपे्रतीले यी पाँच सहकारी एकापसमा गाभिएपछि एकीकृत कारोबार सुरु नहुँदै मर्जमा आएका सहकारीमा समस्या आएको भन्दै ‘डिमर्ज’का लागि सहकारी विभागमा निवेदन दिएका थिए । डिमर्जको सहमति नपाएपछि हाल संकटग्रस्त घोषण हुन पुग्यो ।