शीर्षकहरू

आजको विदेशी मुद्रा : अमेरिकी डलरको भाउ अझै बढ्यो

आजको विदेशी मुद्रा : अमेरिकी डलरको भाउ अझै बढ्यो

 काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबारको विनिमयदर प्रकाशन गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रूपैयाँ २६ पैसा पुगेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रूपैयाँ २१ पैसा पुगेको थियो ।

युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ८९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५४ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १७२ रुपैयाँ ५२ पैसा रहेको छ भने विक्रीदर १७३ रुपैयाँ ३० पैसा रहेको छ । 

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८२ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ६५ पैसा र बिक्रीमा ८ रूपैयाँ ६९ पैसा रहेको छ ।   

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ६१ पैसा र बिक्रीदर २८ रूपैयाँ ७३ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ४३९ रूपैयाँ ०७ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ६० पैसा र बिक्रीदर ३५६ रूपैयाँ १९ पैसा तोकिएको छ ।