शीर्षकहरू

बुटवल पावर कम्पनीलाई गोल्ड अवार्ड ‍

बुटवल पावर कम्पनीलाई गोल्ड अवार्ड ‍

काठमाडौं ।नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यानले) ले बुटवल पावर कम्पनीलाई गोल्ड अवार्ड ‍प्रदान गरेको छ । आईक्यानले राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारअन्तर्गत विभिन्न विधाहरुमध्ये ऊर्जा क्षेत्रमा बुटवल पावर कम्पनीलाई गोल्ड अवार्डबाट सम्मानित गरेको हो ।

आईक्यानले आर्थिक वर्ष २०७९/८० (२०२२÷२३) मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

काठमाण्डौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेका हुन् । यस अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीले जनाएको छ । 

कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करिब ६३ हजार ग्राहकहरुलाई विद्युत वितरण गर्दै आएको छ ।