काठमाडौं । एनआईसी एशिया क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ मा आफ्नो समग्र व्यवसाय उत्साहजन वृद्धि गरेको छ । चुक्ता पूँजी रु. २० करोड रहेको यस क्यापिटलले गत आर्थिक वर्षमा रु.१२ करोड १० लाख भन्दा बढी खुद मुनाफा आर्जन गरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी रु. ६०.५० कायम भएको छ, जुन गत वर्षको तुलनामा १६.१२ प्रतिशतले बढी हो । असार मसान्तको अन्त्यसम्म क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजनाहरु सञ्चालन गरिरहेको छ । संचालनमा आएको पहिलो वर्षदेखि नै नगद प्रतिफल वितरण गर्न सफल “एन आई सी एशिया ग्रोथ फण्ड” ले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत र पाँचौं वर्ष १०.५० प्रतिशत गरी हालसम्म ७५.५० प्रतिशत लाभांश वितरण गरेको छ ।
“एनआईसी एशिया ब्यालेन्सड फण्ड” ले सञ्चालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत र चौंथो वर्ष १० प्रतिशत गरी हालसम्म ६१ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
पहिलो खुलामुखी योजना “एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड” संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोश्रो वर्ष ६ प्रतिशत र तेश्रो वर्ष १० प्रतिशत गरी हालसम्म २६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको क्याटिलले जनाएको छ ।