शेयर बजारमा आज पनि गिरावट - Aarthiknews
aarthiknews.com सोमबार, ३० मंसिर २०७६   Monday, 16 December, 2019
 
Bajaj_Bike

शेयर बजारमा आज पनि गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ कार्तिक २०७६
Sunrise bank
शेयर बजारमा आज पनि गिरावट
LBEF
NCH-IPS

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पनि घटेको छ । नेप्से आज ४.८०  अंकले घटेर ११३५.१६  बिन्दुमा झरेको छ ।

बुधबार कुल १५४ वटा कम्पनीको ९ लाख ८ हजार वटाभन्दा बढी कित्ता शेयर २७ करोड ५४ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ । आज कारोबार रकम, परिसूचकसँगै कारोबार संख्या पनि अघिल्लो दिनभन्दा केहि बढेपनि तात्विक सुधार भने हुन सकेन । आज कारोबारमा आएका समूहमध्ये व्यापार, वित्त र अन्य समूहबाहेक बाँकी सबै समूह घटेका छन् ।

आज एनएमबी बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ३ करोड १२ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । ३५ प्रतिशत लाभांश घोषणा गरेपछि यस  बैंकको शेयरप्रति लगानीकर्ता आकर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस