काठमाडौं । बुधवार बिहान ११ बजे दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना यात्रु रहेको पाइएको छ । त्रिभुवन इन्टरनेशनल विमानस्थलका सूचना अधिकारी तेज बहादुर पौडेलले उक्त विमानमा उक्त सङ्ख्यामा यात्रु रहेको जानकारी दिएका हुन् ।
उनले भने, ‘काठमाडौंबाट पोखराका लागि उड्ने बित्तिकै विमान दुर्घटना भएको हो । विमानमा १९ जना यात्रु रहेको विवरण प्राप्त भएको छ । दुई जनाको शव फेला परेको छ । केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।’
उद्धारको काम जारी रहेको उनले जानकारी दिए ।
यो पनिः सौर्य एयरलाइन्सको विमान दुर्घटना