शीर्षकहरू

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो प्रतितोला एक लाख ४६ हजार ३ सय रुपैयाँ रहेको सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४७ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार ७ सय रुपैयाँ रहेको छ ।                                          

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भएकोमा आज एक हजार ८०५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।