काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
यी शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।