उद्योग दर्ताको संख्या घटे पनि लगानी प्रतिबद्धता दोब्बरले वृद्धि - Aarthiknews
aarthiknews.com सोमबार, ३० मंसिर २०७६   Monday, 16 December, 2019
 
Bajaj_Bike

उद्योग दर्ताको संख्या घटे पनि लगानी प्रतिबद्धता दोब्बरले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ कार्तिक २०७६
Sunrise bank
उद्योग दर्ताको संख्या घटे पनि लगानी प्रतिबद्धता दोब्बरले वृद्धि
LBEF
NCH-IPS

काठमाडौं । उद्योग विभागमा उद्योग दर्ताको संख्या घटे पनि लगानी प्रतिबद्धता भने दोब्बरले वृद्धि भएको छ । चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक लगानीतर्फ १४ अर्ब ४८ करोड ६० लाख बराबरको लगानी प्रतिबद्धता जनाएको छ । गत वर्षको तुलनामा दोब्बरले बढी रहेको छ । 


नेपालमा वैदेशिक लगानीअन्तर्गत गत वर्षभन्दा चालू आर्थिक वर्षमा उद्योग दर्ताको संख्या घटेको छ । गत वर्ष १३१ उद्योग दर्ता भएकोमा सोही अवधिमा यो वर्ष भने जम्मा ८३ उद्योग मात्र दर्ता भएका छन् । चालू आर्थिक वर्षको उद्योग दर्ताको संख्यामध्ये ४८ वटा कम रहेको छ । 

यो वर्ष वैदेशिक लगानीतर्फ पर्यटनमूलक क्षेत्रका ३९ उद्योग, सेवामूलक क्षेत्रका २८ उद्योग, उत्पादनमूलक क्षेत्रका ८ उद्योग, सूचना तथा प्रविधि क्षेत्रका ७ उद्योग र कृषि तथा वन्यजन्तु क्षेत्रको १ गरी कुल ८३ उद्योग दर्ता भएका हुन् । यी उद्योगले ४ हजार ६ सय ११ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन्  ।

त्यसैगरी नेपालमा गत वर्षको सोही अवधिमा वैदेशिक लगाीका उद्योगको संख्या घटेको छ । तर, संख्या घटे पनि लगानी भने बढेको विभागले जानकारी दिएको छ । विभागका अनुसार गतवर्षको पहिलो चार महिनामा नेपालमा वैदेशिक लगानीतर्फ १३१ उद्योग दर्ता भएका थिए । जसमध्ये कृषि तथा वन्यजन्तु क्षेत्रमा ५ उद्योग, सूचना तथा प्रविधि क्षेत्रमा १० उद्योग, उत्पादनमूलकमा २१ उद्योग, खनिज क्षेत्रमा २ उद्योग, सेवामूलक क्षेत्रमा ४२ उद्योग  र पर्यटनमूलक क्षेत्रमा ५१ उद्योग गरेर कुल  १३१ उद्योग दर्ता भएका थिए । जसले ५ हजार ७२ जनालाई रोजगारी दिने क्षमता राखेका थिए । 

उद्योेग विभागमा दर्ताको भएको नयाँ उद्योग संख्या र कुल पुँजी विश्लेषणका आधारमा उद्योगमा भएको लगानी घटेको देखिन्छ । उद्योग विभागका अनुसार कात्तिक ८ गतेसम्म स्वदेशी ९२ उद्योग विभागमा दर्ता भएका छन् । गत वर्ष विभागमा १ सय ७८ उद्योग दर्ता भएका थिए । तर, चालू आवमा ८६ उद्योग गत वर्षभन्दा कम दर्ता भएका छन् । 

विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको उल्लेखित अवधिमा विभागमा दर्ता भएका ९२ उद्योगमध्ये पर्यटनमूलक क्षेत्रमा नै सबैभन्दा धेरै ३६ उद्योग दर्ता भएका छन् । त्यस्तै कृषि तथा वन्यजन्तु क्षेत्रमा ३, ऊर्जामूलक क्षेत्रमा १६, सूचना, प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा २, उत्पादनमूलक क्षेत्रमा २२ उद्योग, र सेवामूलक क्षेत्रमा १३ उद्योग दर्ता भएका छन् । यी सबै उद्योगको कुल पुँजी ५५ अर्ब ४१ करोड ९७ लाख ९० हजार रुपैयाँ रहेको छ भने ५ हजार ७ सय १२ जनालाई रोजगारी दिने क्षमता राख्दछन् । गत वर्षभन्दा १३ अर्ब ४३ करोड ९९ लाख ६० हजार रुपैयाँ कम लागतका उद्योग दर्ता भएका हुन् । 

गत वर्षको यही अवधिमा दर्ता भएका १ सय ७८ उद्योगमध्ये पर्यटनमूलक क्षेत्रमा सबैभन्दा धेरै ५५ उद्योग दर्ता भएका थिए । त्यस्तै कृषि तथा वन्यजन्तु क्षेत्रमा ९, निर्माण क्षेत्रमा ३, ऊर्जामूलक क्षेत्रमा ६, सूचना, प्रसारण तथा सञ्चार प्रविधि क्षेत्रमा ७, उत्पादनमूलक क्षेत्रमा ४५ र सेवामूलक क्षेत्रमा ५३ उद्योग दर्ता भएका थिए । ती उद्योगको कुल पुँजी ६८ अर्ब ८५ करोड ९७ लाख ५० हजार रुपैयाँ थियो । यस अवधिमा दर्ता भएका उद्योगले ८ हजार ९ सय ४२ जनालाई रोजगारी दिने क्षमता राख्दथे । 
 

प्रतिक्रिया दिनुहोस