शीर्षकहरू

अमेरिकी डलर रेकर्ड मूल्यमा कारोबार हुँदै, आज अन्य मुद्राको भाउ कति?

अमेरिकी डलर रेकर्ड मूल्यमा कारोबार हुँदै, आज अन्य मुद्राको भाउ कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज बेलायती पाउन्ड र युरोपियन युरोको मूल्य घटे पनि विगत तीन दिनदेखि स्थिर अमेरिकी डलरको भने रेकर्ड मूल्य कायम भएको छ ।

आजको लागि अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १५ पैसा निर्धारण भएको छ । यो अमेरिकी डलरको रेकर्ड मूल्य हो । गत असार ७ गते यही मूल्यमा अमेरिकी डलरको कारोबार भएको थियो, जुन हालसम्मको उच्च हो ।

हिजो अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसा थियो ।

आज बेलायती पाउन्ड स्टर्लिङ र युरोपियन युरोको मूल्य भने घटेको छ ।आजको लागि युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६४ पैसा कायम भएको छ । हिजो युरो एकको १४७ रुपैयाँ र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा थियो। 

यस्तै आजको लागि बेलायती पाउन्ड एकको खरिददर १७३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा रहेको थियो ।

यस्तो छ अन्य मुद्राको आजको विनिमयदर