काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबारी उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से ५९.६८ अंकले बढेर दुई हजार चार सय २४ दशमलब ३२ विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १४३ वटाको बढेको छ भने ९५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । तीन् कम्पनीको शेयरमूल्य ९ प्रतिशत र चार कम्पनीको ८ प्रतिशतले शेयरमूल्य बढेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । किुमारी सबल योजनाको शेयरमूल्य ५.७६ प्रतिशतले घटेको छ । यसका साथै आज नेपाल फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४२ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।