काठमाडौं । द्वारिका होटल तथा रिसोर्टकी अध्यक्ष अम्बिका श्रेष्ठको निधन भएको छ । २ महिनादेखि निमोनियाबाट पीडित श्रेष्ठको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।
उपचारका क्रममा बिहीबार बिहान ९१ वर्षको उमेरमा उनको निधन भएको परिवारले जनाएको छ । उनको भोलि शुक्रबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।
उनले ६५ वर्षदेखि होटल तथा पर्यटन क्षेत्रमा सक्रिय श्रेष्ठले २०४८ सालदेखि द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । भारतको सिक्किममा जन्मेकी अम्बिकाले दार्जीलिङको लोरेटो कन्भेन्ट स्कूलमा पढेकी थिइन्। उनले पटना यूनिभर्सिटीबाट वाणिज्यशास्त्रमा स्नातकसम्मको अध्ययन गरेकी थिइन्। नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विहे भएपछि काठमाडौं छिरेकी श्रेष्ठ श्रीमान्को मृत्यु पछि द्वारिकाज होटलको अध्यक्ष भएकी थिइन् ।
उनले सफल महिला उद्यमीको रूपमा विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् । उनका दुई छाेरी छन् ।