शीर्षकहरू

राष्ट्रिय बाणिज्य बैंकले एनएलजी इन्स्योरेन्सको शेयर बेच्दै

राष्ट्रिय बाणिज्य बैंकले एनएलजी इन्स्योरेन्सको शेयर बेच्दै

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले एनएलजी इन्स्योरेन्समा रहेको संस्थापक शेयर विक्री गर्ने भएको छ । बाणिज्य बैंकले जारी गरेको सूचना अनुसार एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर खरिद गर्न चाहनेले प्रति कित्ता ४५० रुपैयाँका दरले एक हजार ६ सय कित्ता शेयरमा आवेदन दिन सक्नेछन् ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले यी शेयर खरिदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । इच्छुक खरीदकर्ताहरूले आरबीबी मर्चेन्ट बैंकिङ टेकु, काठमाडौमा तोकिएको अवधिभित्र के कति रकममा खरीद गर्ने सो समेत खुलाई आवेदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ ।