शीर्षकहरू

सिक्किमका पूर्वमन्त्री आरसी पौड्यालको शव फेला पर्यो

सिक्किमका पूर्वमन्त्री आरसी पौड्यालको शव फेला पर्यो

एजेन्सी । भारतको सिक्किमका नेपाली मुलका पूर्वमन्त्री आरसी पौड्यालको शव फेला परेको छ । उनी बेपत्ता भएको ९ दिनपछि टिस्टा नदीबाट फेला परेको हो । पूर्वमन्त्रीको शव पश्चिम बंगालको सिलगढी नजिकैको फुलबारीमा नहरमा फेला परेको त्यहाको प्रहरीले बताएको छ । पौड्याल यसअघि सिक्किम विधानसभामा उपसभामुख थिए र पछि राज्यको वनमन्त्री बनेका थिए।

 पौडेल गत असार २३ गते पाक्योङ जिल्लाको आफ्नो गृहनगर छोटा सिंगतामबाट बेपत्ता भएका थिए । उनको शव, घडी र कपडाको पहिचानका आधारमा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको थियो । भारतीय अधिकारीहरुका अनुसार मृत्युको अनुसन्धान जारी छ ।