काठमाडौं । आरएसडीसी लघुवित्तले गत आवमा १४ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गर्दै कम्पनीले उक्त जानकारी दिएको हो ।
कम्पनीले ग्लोबल आइएमई बैंक लिमिटेडलाई २०८१ असार मसान्तसम्म तिर्नुपर्ने कर्जा सापट रकम रू. ३८ करोड ८७ लाख ३६ हजार २०१.९३ रुपैयाँ बाँकी रहेकोमा असार मसान्तसम्म ब्याजबापत रू. ४ करोड ८६ लाख ८३ हजार ३०४.०९ रुपैयाँ भुक्तानी गरिएको बताएको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी / (नोक्सान) रू. १५.५३, पी/ई रेसियो
४४.५६, प्रति शेयर कुल सम्पत्तिको नेटवर्थ रु १२४.५०, तरलता अनुपात २.०३ प्रतिशत रहेको छ ।
२०८०/०८१ को चौथो त्रैमासिक अवधिमा संस्थाको खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३६ प्रतिशतले वृद्धि भई रू. १४ करोड ६७ लाख रहन पुगेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा यस आवको सोही अवधिसम्ममा कर्जा लगानी ७ प्रतिशतले कमी भई खुद कर्जा लगानी रु. ६ खर्ब २७ करोड ३१ लाख रहेको छ । यस अवधिमा वित्तीय संस्थाको समष्टिगत वित्तीय स्थिति, मौज्दात तथा तरलताको अवस्था सन्तोषजनक रहेको कम्पनीले बताएको छ ।