भैरहवास्थित विशेष आर्थिक क्षेत्रको काम तिव्र रुपमा बढ्यो - Aarthiknews
aarthiknews.com सोमबार, ३० मंसिर २०७६   Monday, 16 December, 2019
 
Bajaj_Bike

भैरहवास्थित विशेष आर्थिक क्षेत्रको काम तिव्र रुपमा बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ कार्तिक २०७६
Sunrise bank
भैरहवास्थित विशेष आर्थिक क्षेत्रको काम तिव्र रुपमा बढ्यो
LBEF
NCH-IPS

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवाको काम तिव्र रुपमा अगाडी बढाई रहेको छ । भैरहवामा उद्योग, विमा र बैकं सञ्चालनमा ल्याउने काम तिव्र रुपमा अगाडी बढाएको हो । 

स्टिल उद्योग र व्रिलेन्ट लाइट उद्योग तिहार अगाडी उद्घाटन गरे पनि उत्पादनको काम पाइप लाइनमा रहेको विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रवक्ता सुन्दर थापाले बताए । उनले भने, व्रिलेन्ट लाइट उद्योगले एल्.इ.डी लाइट उत्पादन गर्ने भएको छ ।’

त्यस्तै पञ्चकन्या सेडको फ्याक्ट्री भवन बनाइरहेको छ भने जय वुद्ध मेट्रल क्राफ्टले पनि आफ्नो कामलाई निरन्तरता दिएको छ । जय वुद्ध मेट्रल क्राफ्टले खेर गएको अल्मोनियम, पित्तल, तामालाई पगालेर विग्र बनाएर भारत पठाई रहेको थापाले बताए । क्राफ्टले अझै स्तरिय मेसिन र औजार मगाइरहेको जानकारी दिए । 

विशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवामा प्रभु बैकंले बीमाको काम सुरु गरिसकेको र ग्लोवल बैकंले सम्झौता मात्र जनाएको थापाले बताए ।

भैरहवामा लगभग सबै काम तयारी भैसकेको छ । हाल विशेष आर्थिक क्षेत्र (सेज) को सिमरा र पाँचखालमा भौतिक पूर्वाधारको काम भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस