शीर्षकहरू

देशभरिको मौसम पूर्वानुमान : झापामा भारी वर्षा, सतर्कता अपनाउन प्रशासनको अनुरोध

देशभरिको मौसम पूर्वानुमान : झापामा भारी वर्षा, सतर्कता अपनाउन प्रशासनको अनुरोध

  काठमाडौं । झापामा भारी वर्षा भएको छ । झापाका विभिन्न नदिमा वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा सामान्य अबस्था भन्दा माथी पुगेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिश्चरे र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले सो क्षेत्र भएर बग्ने बिरिङ, अधुवा, घाग्रा र अन्य साना खोलामाका तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन भनेको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ। देशभर साधारणतया बदली रहि गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी  प्रदेशका थोरै तथा मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा हल्का  देखि मध्यम वर्षा भैरहेको छ । 


बिहिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बाग्मती  र सुदुरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,गण्डकी र सुदूरपश्चिम  प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।