शीर्षकहरू

मेरो माइक्रोफाइनान्समा खुल्यो जागिर

मेरो माइक्रोफाइनान्समा खुल्यो जागिर

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।

नेपालका ८ वटा बैंकहरुद्वारा संयुक्त रुपमा प्रवर्द्धित मेरोमाइक्रोफाइनान्सले सहायक अधिकृत तहको शाखा प्रबन्धक तथा सहायक तहका कनिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायक पदका लागि कर्मचारीहरू माग गरेको हो । संस्थाले तीनै पदमा केही कर्मचारी माग गरिएको बताएको छ भने आवश्यक कर्मचारी संख्या भने खुलाएको छैन ।

अधिकृत श्रेणीका लागि २१ देखि ४० वर्ष तथा सहायक पदका लागि १८ देखि ३५ वर्ष उमेर समूहले आवेदन दिनसक्नेछन् । महिलाको हकमा भने उक्त उमेर हद ५ वर्ष बढी रहनेछ ।

इच्छुकले साउन १५ भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । आवेदन आएकाबाट लिखित, अन्तर्वार्ता, प्रस्तुतिकरण, कम्प्युटर र प्रयोगात्मक विधिबाट परीक्षा लिइनेछ ।

शाखा प्रबन्धक र सहायक पदमा ६ महिनाको परीक्षणकालका लागि नियुक्ति दिइने र प्रशिक्षार्थीलाई एक वर्ष प्रशिक्षकालपछि कार्यसम्पादनका आधारमा नियुक्ति दिइने बताइएको छ ।

इच्छुकले apply.meromicrofinance.com मार्फत् आवेदन दिनसक्नेछन् ।