शीर्षकहरू

आँखुखोला जलविद्युतको शेयरमूल्य समायोजन

आँखुखोला जलविद्युतको शेयरमूल्य समायोजन

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले १५० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनका लागि असार ३१ गते बुक क्लोज गरेसँगै बुक क्लोज पछिको मूल्य तय भएको हो । मूल्य समायोजनपश्चात् कम्पनीको शेयर मूल्य १४८ रूपैयाँ कायम भएको छ ।

नेप्सेले सोमबार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । सोमबार कायम कम्पनीको अन्तिम शेयरमूल्य २२० रूपैयाँका आधारमा कम्पनीले मूल्य समायोजन गरेको हो ।

समायोजन मूल्यका आधारमा मंगलबार कम्पनीको शेयर कारोबार खुला हुनेछ । 

हकप्रद शेयर निष्काशनका लागि तय भएको बुक क्लोजको आधारमा असार ३१ गतेसम्म आफ्नो शेयर सुरक्षित गरेका शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउने छन् । असार ३१ गते यो कम्पनीको शेयर विक्री गर्ने शेयरधनीहरूले भने कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछैनन् ।

यस कम्पनीले १५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि गत वर्षको भदौ ५ गते अनुमति माग्दै निवेदन दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम हुनेछ ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।