टिपर र बलेरो जीपले अन टेस्ट मोटरसाइकल चेप्दा एक जनाको ज्यान गयो - Aarthiknews
aarthiknews.com सोमबार, ३० मंसिर २०७६   Monday, 16 December, 2019
 
Bajaj_Bike

टिपर र बलेरो जीपले अन टेस्ट मोटरसाइकल चेप्दा एक जनाको ज्यान गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ कार्तिक २०७६
Sunrise bank
टिपर र बलेरो जीपले अन टेस्ट मोटरसाइकल चेप्दा एक जनाको ज्यान गयो
LBEF
NCH-IPS

काठमाडौं । टिपर र बलेरो जीपले मोटरसाइकल चेप्दा बनेपामा एक युवकको ज्यान गएको छ । बनेपा नगरपालिका– १० जनागालमा आज  बा ३ ख ७०८७ नम्बरको टिपर र बा १० च २१५४ नम्बरको बोलेरोले च्यापिँदा अन टेष्ट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मुत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रहेका भक्तपुर नगरपालिका–९ च्यामासिङस्थित बागेश्वरी कलेजमा अध्ययनरत विद्यार्थी २० वर्षीय विमल कुटुजु रहेको प्रहरीले जनाएको छ ।

सो घटनामा परी सोही कलेजमा अध्ययनरत भक्तपुर–८ का मोटरसाइकल चालक कृष्ण दाहाल गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस