शीर्षकहरू

माछापुच्छ्रे  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत र नायब महाप्रबन्धकमा बढुवा

माछापुच्छ्रे  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत र नायब महाप्रबन्धकमा बढुवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिको २७ गते बसेको संचालक समितिको बैंठकले दुई जना कर्मचारीलाई बढुवा गरेको छ । साउन १ गतेबाट लागू हुने गरी प्रसिद्ध राज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा सुभाष जमरकटेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको छ । 

काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसंग कर्जा,  ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ्ग क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ । अर्याल यसअघि सिभिल बैंक लि., सनराइज बैंक लि. र नेपाल इन्भेष्टमेन्ट बैंक लि.मा समेतमा रही विभिन्न पदमा कार्य अनुभवी रहेको छ ।  

यसैगरी सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरु गरेका सुभाष जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध रहेका थिए । जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा  विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिन्छन । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन । यसबाहेक उहाँले  एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन ।