शीर्षकहरू

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८ औं वर्षमा प्रवेश

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८ औं वर्षमा प्रवेश

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १७ बसन्त पार गरेर १८ औं बर्षमा प्रवेश गरेको छ ।  यही  १८ औं बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय प्रांगडमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले आयोजित कार्यक्रममा  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

 सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल््लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ ।  उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुतmानी पनि गर्न सकिन्छ ।