शीर्षकहरू

प्रभु बैंकको मुद्दति खातामा पैसा राख्नेले असारभित्र खाता अपडेट गराउन पर्ने

प्रभु बैंकको मुद्दति खातामा पैसा राख्नेले असारभित्र खाता अपडेट गराउन पर्ने

काठमाडौ । प्रभु बैंकमा मुद्दति खाता हुनेले यही असार मसान्तभित्र खाता अपडेट गराउन पर्ने भएको छ । बैंकले ५० लाखभन्दा बढि मुद्दति निपेक्ष भएका ग्राहकले आफ्नो खातामा स्थायी लेखा नम्बर(प्यान) अपडेड गराउन सूचना जारी गरेको हो । 

बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८० को इ.प्रा निर्देशन नं १६ बुँदा नं ३(८) बमोजिम बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा रु ५० लाखभन्दा बढिको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्ने छ ।’