शीर्षकहरू

एघार महिनामा १ लाख २३ हजारले लिए सहुलियतपूर्ण कर्जा

एघार महिनामा १ लाख २३ हजारले लिए सहुलियतपूर्ण कर्जा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को एघार महिनामा १ लाख २३ हजार ६५६ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकको जेठ मसान्तसम्मको समीक्षाअनुसार ऋणीलाई प्रवाह भएको  रकम १ खर्ब ३४ अर्ब ७६ करोड बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४८ हजार १ सय ४२ ऋणीलाई प्रवाह भएको रु.९२ अर्ब ६ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७३ हजार ३ सय ८५ महिला उद्यमीलाई प्रवाह भएको रु.४० अर्ब ९२ करोड कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार १ सय २९ ऋणीको रु.१ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ ।