धेरै दिनपछि नेप्सेमा दोहोरो अंकको वृद्धि - Aarthiknews
aarthiknews.com शनिबार, २८ मंसिर २०७६   Saturday, 14 December, 2019
 
Bajaj_Bike

धेरै दिनपछि नेप्सेमा दोहोरो अंकको वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ कार्तिक २०७६
Sunrise bank
धेरै दिनपछि नेप्सेमा दोहोरो अंकको  वृद्धि
LBEF
NCH-IPS

काठमाडौं । साताको दोस्रोे दिन सोमबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से १३.७७ अंकले बढेर ११४५.५७ बिन्दुमा पुगेको छ । 

सोमबार कुल १७५ वटा कम्पनीको १९ लाख ९५ वटाभन्दा बढी कित्ता शेयर ५४ करोड ९९ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ । आज कारोबारमा आएका समूहमध्ये अन्य समूहबाहेक बाँकी सबै समूह बढेका छन् । आज पनि एनएमबी बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको १३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । 

गत आइतबार बिहीबार पनि एनएमबि बैंकको कारोबार उच्च भएको थियो । एनएमबी बैंकले लगानीकर्तालाई ३५  प्रतिशत लाभांश दिने प्र्र्र्रस्ताव गरेपछि लगानीकर्ता आकर्षित भएका हुन् । पछिल्ला दिनमा उच्च शेयर कारोबार हुँदै आएको प्रभु बैंक आज दोस्रो स्थानमा रहेको छ । प्रभु बैंकको शेयर आज सात करोडभन्दाको कारोबार भएको छ । 

समग्र परिसूचकमा बढेको भएको दिन हिमालयन डिस्ट्रिलरी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । यस कम्पनीले एक सय दुई प्रतिशत लाभांश दिने भएपछि लगानीकर्ता उत्साहित भएका हुन् । समग्र परिसूचक वृद्धि भएको दिन नबिल समृद्धि फन्ड–१का कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब छ प्रतिशतभन्दा बढीले घटेको छ ।
 

प्रतिक्रिया दिनुहोस