नेको इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा - Aarthiknews
aarthiknews.com सोमबार, ३० मंसिर २०७६   Monday, 16 December, 2019
 
Bajaj_Bike

नेको इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ कार्तिक २०७६
Sunrise bank
नेको इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा
LBEF
NCH-IPS

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले संस्थापकतर्फको ४ लाख १४ हजार ६२ दशमलव १२ कित्ता  बिक्री गर्न लागेको छ । कम्पनीले प्रतिशेयर २८५ मा मंसिर २ गतेदेखि १८ गतेसम्म शेयर खरिद गर्न सूचना जारी गरेको हो । आवेदकहरुले भुक्तानी बोलपत्र आवेदन सन्राइज क्यापिटलबाट पाउन सक्छन् । 

कम्पनीले शेयरको न्युनतम मूल्य प्रतिशेयर १ सय तोकेको हुँदा सोभन्दा बढीको मुल्य अंकित गरी बोलकबोल गनुपर्ने हुन्छ । एकै व्यक्ती वा कम्पनीले बढी मुल्यमा शेयर खरीद गर्न आवेदन दिन चाहेमा भिन्दाभिन्दे शिलबँदी खाम दिनुपर्नेछ । लगानी व्यवस्थापकले आफ्नो ग्राहरुको नामबाट आवेदन दिँदा आफ्नो आधिकारिक पत्र मार्फत तोकिएको अनरुपको सूचि बनाई आवेदकहरुको लागि गरिने लगानी रकम लगानी व्यवस्थापकले चेकमार्फत पेश गर्न सक्नेछन् । 

आवेदकहरुले बोलपत्र पेश गर्दा न्युनतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतमा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस